
पूर्णपुष्टि, जेष्ठ २९
भारतबाट घरेलु हतियार लिएर नेपाल प्रवेश गर्दै गरेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले सिमा बाट पक्राउ गरेको छ । सप्तरीबाट सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला बोगटिया निवासी जितेन्द्र मण्डललाई पक्राउ गरेको हो ।
२४ वर्षीय मण्डललाई बोदे बर्साइन नगरपालिकास्थित स्वर्णपट्टीबाट बायरिङ हालेर पड्काउने हतियारसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका निम्ति नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
