Sunday, May 17News That Matters

दाईद्धारा आफ्नै भाईको हत्या, दाई र भतिज पक्राउ

पूर्णपुष्टि, जेष्ठ २९

समान्य घरायसी विवादमा झगडा हुँदा महोत्तरीमा दाईले आफ्नै भाईको हत्या गरेको छ । आफ्नै भाइको हत्या गरेको आरोपमा महोत्तरीमा दाजुसहित दुई जना पक्राउ परेका छन् । गत बुधबार घरमा कूलदेवताको स्थान र पूजा आराधना विषयमा दाजुभाइबीच भएको विवाद झडपमा परिणत हुँदा भाई लक्ष्मण घाइते भएका थिए ।

घाईते लक्ष्मणको उपचारका लागि काठमाडौं पठाइएका भएपनि शुक्रबार मृत्यु भएपछि विवाद र झडपमा संलग्न दुई जनालाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र भतिजा उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।