
पूर्णपुष्टि, जेष्ठ २९
बनभोज खान गएको बेला प्युठानमा सरकारी कार दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
वनभोज खान जाने क्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ मल्लरानी नजिकै दुर्घटना हुँदा दाङ तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर तल खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको बताए ।
