
पूर्णपुष्टि, जेष्ठ २९
त्रियुगामा ६२ बर्षदेखि माथीका व्यक्ति तथा जेष्ठ नागरिकलाई खोप लगाउन निकै सास्ती परेको छ । स्वास्थ्य कार्यालय उदयपुरले जिल्ला हप्टिल उदयपुरमा शुक्रबार देखि लगाउन सुरु गरिएको खोप पहिलो दिन सामान्य रहेपनि दोस्रो दिन अत्यादिक भिँडभाँड र अव्यवस्थीत भएको छ ।
त्रियुगा नगरभरीका सबैलाई एकै ठाउँबाट खोप लगाउँनु पर्ने हँुदा यस्तो समस्या भएको हो । ९ बजे देखि आएर खोपको प्रतिक्षा गरिरहेकाहरुले खोप लगाउन निकै समस्या भएको बताए । चर्को गर्मी भिँडभाँड र कोरोनाको समयमा व्यवस्थीत तरिकाले खोप लगाउन नसकिएको बताए ।
माहामारीमा खोप लगाउन उत्साहित भएर आएको भएपनि सहज तरिकाले खोप लगाउन निकै समस्या परेको बताए । थोरै कर्मचारी तर खोप धेरै खोप लगाउने व्यक्तिहरु रहेका कारण खोप लगाउन ढिलो भएको र धेरै पर्खाईमा परेको बृद्धा बृद्धाहरुले बताए । उनिहरुले प्रत्येक वडाहरुमा खोप अभियान संञ्चालन गरेको भए यस्तो भिँड र लामो पखाई नहुने बताए । हिजो सम्म यतिका भिँड नरहेपनि आज भने निकै ठुलो खोप हान्नेहरुको घुईचो लागेको छ ।

