Wednesday, June 10News That Matters

घाँटीबाटै सुनको सिक्री थुतेर भाग्ने युवा पक्राउ

पूर्णपुष्टि, असार २६
झापाको मेचिनगर नगरपालिका १० धुलाबारी बजारमा घाटीमा लगाएको सुनको सिक्री थुती भाग्ने एक जनालाई प्रहरीले तुरुन्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० बर्षीय निरज राय रहेका छन् ।

रायले हिजो बेलुका साढे ६ बजे बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ।