
पूर्णपुष्टि, असार २६
मानब बेचबिखन तथा ओसार(पसार मुद्धाका फरार प्रतिवादी २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ९ बस्ने ३० बर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० बस्ने २३ बर्षीया झक्कु उराव रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर समुहबाट खटिएको प्रहरी टोलीले हिजो उनीहरुलाई खोजतलासको क्रममा पक्राउ गरेको हो । उनिहरु गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा प्रहरीले फेला पारेका थिए ।
पक्राउ परेका दुवैलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाइएको छ ।
पक्राउ परेका सुमनको मानब बेचबिखन तथा ओसार(पसार मुद्धामा मिति २०७६।१०।२९ गतेको सजाय निर्धारण फैसला आदेशले लगत नं। ९४३७ मा क्रमशः ५ बर्ष ८ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो भने झक्कु उरावको १ बर्ष ८ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।
