Wednesday, June 17News That Matters

श्रीपुरमा निर्माण कार्य गुनस्तरहिन भएपछि स्थानीयको बिरोध, ठेकेदार बेपत्ता

पूर्णपुष्टि, असार २६
त्रियुगा नगरपालिका ५ श्रीपुरमा ठेकेदारको गुनस्तरहिन कार्य प्रति स्थानीयहरुले आपत्ति जनाएको छ । उनिहरुले नाला बनाउने क्रममा ठेकेदारको मनपरीका कारण निर्माण गुनस्तरहिन भएको भन्दै प्रश्न उठाएको छ । सडब डिभिजन कार्यालय लाहानले लगाएको ठक्का अन्तरगत नाला बनाउने क्रममा ठेकेदारले चरम लापर्वाही गरेको भेटिएको हो ।
नाला बनाउने सम्झौतामा १० cm बेश ढलान गर्ने भनिएता पनि २ देखि ३ सेन्टीमिटर सम्म मात्रै ढलान गरिएको छ । यस्तै ढलान गर्नु अघिको सोलिङमा पनि खहरे खोलको कंमसल ढुँगा प्रयोग गरिएको पाईएको स्थानीयहरुले जनाए । बालुवा पनि खहरे खोलाको माटो मिसिएको प्रयोग गरेको र स्थानीयको विरोध पछि ठेक्का कम्पनी रभरङ कन्ट्रक्सनले हतार हतार ५० मिटर बराबरको ढलान भत्काएको थियो । अघिल्लो समयनै सम्झौता गरी ०७९ असार मसान्त सम्म काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । तर जेष्ठ अन्तिमताका काम सुरु भएको थियो । स्थानीयले कति रकमको ठेक्का भनेर सोध्दा समेत उल्टै ठेकेदारले धम्काएको जनाएको छ । निर्माण कार्य भैरहेको स्थानमा ठेक्का सम्बन्धि सम्पूर्ण विवरण खुल्नेगरी जानकारी सहितको बोर्ड राख्नु पर्नेमा सो बोर्ड समेत नराखिएको अवस्था रहेको स्थानीयहरुले जनाए । कामको पूर्ण विरोध भएसँगै अहिले ठेकेदार सम्पर्क विहिन भएको छ ।