Monday, June 1News That Matters

घाँस काट्न गएकामाथी सेनाले कुटपिट गरेको स्थानीयको आरोप, कुटपिट नभएकाे सेनाकाे भनाइ

पूर्णपुष्टि, भदौ ८ ।

घाँस काट्न गएका स्थानीयलाई डिउटीमा खटिएको सेनाबाट कुटपिट भएकोे भन्दै स्थानीयले विरोध जनाएका छन् । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका स्थानीयबासीले गाउँ नजिकैको रहेको १८ नं. वाहिनीको गेटमा आज बेलुका धर्ना दिदै विरोध जनाएका हुन् । भुल्केको स्थानीय आज घाँसकाट्न गएको अवस्थामा कुटपिट भएको स्थानीयको भनाइ छ ।

स्थानीय ४० वर्षिय पुरुष मोहम्मदमाथि कुटपिट गरी घाइते बनाएको र अन्य केही महिलाहरुमाथिसमेत हातपात भएको आरोप स्थानीयले लगाएका छन् ।

वाहिनीले भने जबरजस्ती सेनाको सुरक्षाघेराभित्र केही स्थानीय घाँस काट्न पसेपछि सम्झाइबुझाइ पठाउन खोज्दा अटेर गरेको र सामान्य बल प्रयोग गर्नु परेको जनाएको छ । त्यस क्रममा कसैमाथि कुटपिट भने नभएको जनाएको छ । विहिनीपति मधुकर कार्कीले सेनाको सुरक्षा घेराभित्र पस्न संवेदनशील कुरा भएकाले सम्झाइ बुझाइ पठाउने काम भएको बताउनुभयो ।

यसैबीच बाहिनी र स्थानीयबीच घटनाबारे भोली छलफल हुने सहमति भएको जनाइएको छ । सहमतिपछि स्थानीयबासीहरु घर फर्केका छन् ।