
महिलाको लागि आउने बजेट केवल टाठाबाठा महिलासम्म मात्र जसोतसो पुगेको अवस्थामा अब त्यहासम्म होेईन गाउँगाउँका महिला तथा घरभित्र र मेलापातमा अल्झिएका महिला सामु पुग्नुपर्छ । यदि तेसो हो भने महिलाजागरुक स्वयम भै आफ्नो हक अधिकारको लागि आफै खोज्न थाल्छन् ।
– निश्चलता कार्की (लेखक)
जहाँ महिलाको सम्मान हुन्छ त्यहां देवताको वास हुन्छ,अर्थात देवता पनि खुसी हुन्छन । उक्त भनाई हाम्रा वेद, पुराण लगायतका धर्म ग्रन्थहरुबाट प्रस्ट हुन्छ । आधा धर्ती ढाकेका महिलाको समाजमा उत्थान हुनुपर्दछ । महिला र पूरुष एक सिक्काका दुई पाटा हुन् भने समाज र विकासका परिपुरक पनि हुन् । अझ भन्नुपर्दा घरमा एउटी महिला वा आमा शिक्षित हुँदा सम्पूर्ण परिवार नै शिक्षित हुन्छन् । यसरी परिवार शिक्षित र सक्षम भए गाउँ, समाज, राष्ट्र हुदै बिश्व जगत नै शिक्षित सक्षम र संमृद्ध हुनसक्छ । एक महिलाको भूमिकाले घर निर्माणदेखि राष्ट्र निर्माणमा टेवा पु¥याउछ ।
समाजमा आज पनि महिलालाई कमजोर र केहि गर्न नसक्ने वर्गको रुपमा लिईन्छ । यसको असरले महिलाको श्रोत र साधनमा पहँुच एकदमै नगन्य मात्रामा रहन गै समाजले दिगो आर्थिक विकास हासिँल गर्न सकेको अवस्था छैन । हरेक क्षेत्र तथा निकायमा महिलाको सहभागिता ३३ प्रतिशतको व्यवस्था गरिएता पनि देशको महत्वपूर्ण निकाय र नेतृत्व तहमा महिलाको पहँच केवल उदाहरण मात्र छ । पृत सत्ताको अशं बोकेको यो देशमा महिलाहरुलाई अगाडी वढ्ने अवसर दिएमा पूरुष वर्ग नै पछि हुन्छौ कि ।भन्ने सोचले नीति निर्माण तहका पूरुषवर्ग कतै डराइरहेका त छैनन प्रश्न चिन्ह खडा हुन्छ यहाँ ।
वास्तवमा महिला होस् या पूरुष । कसैले पनि अवसर पाएनन् भने कोही पनि अगाडी बढ्न सक्दैनन् । त्यसैले महिलालाई पनि अवसरबाट बञ्चित नगराई अवसर प्रदान गर्ने हो भने महिलाहरु पनि क्रमिक रुपमा नेतृत्वदायी तहमा र नीति निर्माण तहमासमेत सजिलै जान सक्छन । जसका लागी हरेक क्षेत्रमा केहि समयका लागि सशतिmकरणसंगै सकारात्मक विभेदको अति आवश्यक हुन्छ । यसको लागि नेपालमा सकारात्मक विभेदको प्रयास नभएका भने होईन, केहि मात्रामा यसको राम्रै प्रतिफल हाँसिल गरेता पनि लक्ष्य अनुसारको नतिजा आउन नसकेको अवस्था विद्यमान रहेको छ । यसका लागि स्पष्ट नीति निर्माण र उचित कार्यान्वयन कडाईका साथ लाग्नु पर्छ र मात्र हामी जुन लक्ष्यको खोजिमा छौ प्राप्त गर्न सक्छौ ।
हाम्रो समाजमा पूरुषले उसले चाहेको कार्य सजिलै गर्नसक्छ भने तेहि कार्य महिलाले गर्न खोज्दा पहिले श्रीमान, घरपरिवार, समाजकोसमेत अनुमति लिनुपर्ने हुन्छ । त्यसैले यी यस्ता सामाजिक कु सोच तथा कुसंस्कार परिवर्तन गर्न हरेक क्षेत्र तथा निकाय तथा प्रत्येक व्यक्तिसमेत जिम्मेवार हुनुपर्छ ।
महिलाले शिक्षा, स्वास्थ, रोजगार, गतिशिलता र आय आर्जनका क्षेत्रमा सहभागिता र नीति निर्माणमा निर्णायत्मक भूमिका महिलामैत्री कानुन निर्माण तथा कार्यान्वयन आदि विषयहरुमा यतिवेला गहन रुपमा अध्ययन, चिन्तन र मनन मनैदेखि सवै क्षेत्र लागि पर्नुपर्छ । जब नेपालमा प्रजातन्त्रको आगमनसंगै महलदेखि झुपडीसम्म, गाउँदेखि शहरसम्म, हिमाल, पहाड, तराई, मेचि अनि महाकाली साथै दुर दराज, कुना काप्चामासमेत महिलाका कुरा उठेका छन् । सहभागिता र सशक्तिकरण कुरा विभिन्न भेलादेखि सभा सम्मेलन, राजनितिक दलको समेत बहस र छलफल प्रमूख एजेन्डाको रुपमा उठान हुदै आएको सुन्न र देख्न पाईन्छ । अझमहिला सशतिmकरण को कुरो अझ व्यापक रुपमा चर्चा परिचर्चा हुनमा थालेको भने ०६२÷०६३ को जनआन्दोलनले थप भूमिका खेलेको छ भने २०६४ सालको संविधान सभाको निर्वाचनले यसलाई सार्थकता दिएको इतिहास हामी सामु छ । हाल २० वर्ष पछिको २०७४ मा दुइ चरणमा भएको स्थानीय तहको निर्वाचनको नतिजालेसमेत यसलाई महिलाको सिट सुरक्षित राखि अझ परिष्कृत र परिमार्जन गरिदै आएको छ भने आज मेयर, उपमेयर जस्तो गरिमामय पदमासमेत पूरुषसंग प्रतिस्पर्धा गरेर महिलाले विजय हाँसिल गरि आज प्रमाणित गरेका छन कि अवसर पाए पूरुषलाई पछि पारेर निर्वाचनमासमेत महिला अघि आउन सक्छन् । यसबाट प्रस्ट हुन्छ कि आज समाजले पनि महिलाले गर्न सक्छन् भन्ने कुरामा विश्वास गर्न थालेका छन् र त महिलाको पक्षमा मत दिइ विजय गराएका छन् ।
छोरी जन्मिदा नाक खुम्चाउने र श्रीमती लाई दोष दिने हाम्रो समाजमा अझै कुविचारले जरो गाडेको छ । तराईको समुदायमा त झन् दाईजोप्रथाले गर्दा छोरीलाई पढाउने खर्च नै दाईजोको लागि साँचेर राख्ने गर्दछन् भने कतिपय त छोेरी भएकै कारण गर्भमा भ्रुणहत्या गरेको तितो यर्थाथ हामा्रे समाजमा ताजै छ ।
जबसम्म महिलाहरु र अधिकार सम्पन्नताको अभाव रहन्छ तबसम्म कुनै पनि देश विकासको कल्पना गर्नु र महिला उत्थान हुन्छ भन्नु केवल पानी विना माछा बच्छ भन्नु जस्तै हुनेछ । एउँटा महिला घरमा शिक्षित भई कमाउन थालिन भने त्यो घरमा निश्चित रुपमा आम्दानी भई आयमा वृद्धि हुन्छ । आय वृद्धिसंँगै सो घरमा अभाव विपन्नताको कमी भई आफ्ना सन्ततीले आधारभूत आवश्यकता सजिलै प्राप्त गर्न सक्छन् । उच्च शिक्षा हासिल गर्नसमेत सरल भै स्वस्थ जीवन यापन गर्न सजिलो हुन्छ । यसबाट महिला घरभित्रको काममा मात्र नभै आय–आर्जन क्रियाकलापमा सरिक भै महिलाको जीवनस्तर माथि उकास्न सहयोग पुग्दछ । सम्रगमा महिला वर्गको हित कल्याण तथा उत्थान भै नेतृत्वदयी भूमिकामा सक्रिय हुन पुग्छ । जसले देश खम्बाको रुपामा स्थापित हुन पुग्छन । अवसर र शिक्षा पाएका महिलाहरु आज राष्ट्रिय स्तरमा सम्माननिय राष्ट्रपति तथा न्यायमूर्तिसमेत महिला भैसकेको मात्र होईन अन्र्तराष्ट्रिय जगतमासमेत आप्mनो र देशको नाम फैलाउन सफल भैसकेका छन् । अनुराधा कोइराला, पुष्पा बस्नेत, चरी माया तामाङ्ग, तेरीया मगर, सुनिता दनुवार, मिरा राई लगायत नेपाली महिलाले विश्वमै नेपालको तर्फबाट अतुलनीय योगदान दिइकेका छन् ।
त्यसैले संमृद्ध र सिर्जनशिल समाजको स्थापनाको लागि महिलाहरु आफ्नो हक र अधिकारप्रति जागरुक हुनु पर्ने जरुरी एकातर्पm छ भने अर्कोतर्पm महिला–महिलाबीचको विभेद अन्त्य हुन पनि आवश्यक छ । महिलाहरु मानसिक वौद्धिक र तार्किक रुपमा जति तृष्णा हुन्छन् र त्यति नै सबल शारीरिक रुपमा पनि छन् भन्न्ो कुराको वोधको विजारोपण र पैmलावट हुन आवश्यक छ । जसले भौतिक र नैतिक रुपमा सुदृढ समाज निर्माणमा महिला र पूरुष दुवैलाई वरावर हिस्सेदारको रुपमा चित्रित गर्दछ । हामी हिजो भन्दा आज, आज भन्दा भोलि पक्कै पनि परिवर्तन भएका छौ र हुदैजानु पनि पर्छ । जुन सकारात्मक हुनुपर्छ, यसर्थ महिला सशसक्तिकरण र नेतृत्वमा पहुँच बढाउन बल्लतल्ल बलेको आशा दियो, समाजमा अझ बढावा दिदै जानुपर्छ । यसका लागि आजको महिला आवाज भनेको आसनमा महिला, शासनमा महिला र भाषणमा महिलाको पहुँच सुनिश्चित हुनुपर्छ । यो भनाईमा होइन व्यवहारमा लागू गर्नुपर्छ । महिलाको लागि आउने बजेट केवल टाठाबाठा महिलासम्म मात्र जसोतसो पुगेको अवस्थामा अब त्यहासम्म होेईन गाउँगाउँका महिला तथा घरभित्र र मेलापातमा अल्झिएका महिला सामु पुग्नुपर्छ । यदि तेसो हो भने महिलाजागरुक स्वयम भै आफ्नो हक अधिकारको लागि आफै खोज्न थाल्छन् ।
महिला अधिकारको लागि के गर्नु भन्दा समाजमा रहेका सामाजिक कुसंस्कार र कुप्रथा अनि कुसोच हटाउनु पर्छ । समाजमा चेतनाको विकास व्यक्ति–व्यतिm छर्नु हो भने अधिकारको लागि, हकको लागि आवाज उठाउन सबै महिला एकमत हुन्छन् भन्ने कुरामा दुईमत नहोला ।
(लेखक, बुढीगंगा गाउँपालिका मोरङ्गमा कार्यरत कर्मचारी हुनुहुन्छ ।)
