Saturday, May 2News That Matters

घुस लिएको आरोपमा एक बरिष्ठ हबल्दार पक्राउ

पूर्णपुष्टि, साउन ११ । काठमाडौंको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत एक बरिष्ठ हबल्दार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ हबल्दार विष्णु सिंहलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

सिंहलाई बुधबार बुढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट पक्राउ गरीएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार बरिष्ठ हबल्दार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राही घुस लिएका थिए ।

आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘सोही सूचनाको आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा र उक्त रकमको स्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।