
पूर्णपुष्टि, साउन ११ । नेपाली कांग्रेसले सामाजिक सञ्जालमा भएका फेक एकाउन्ट बन्द गराएर टोल समितिसम्म आधिकारीक फेसबुक एकाउन्ट खोल्ने भएको छ ।
बुधबार सकिएको केन्द्रीय समिति बैठकले केन्द्र देखी टोलसमिति सम्म “पार्टीको नाम, झण्डा, चुनाव चिन्ह” प्रयोग गरी फेसबुक लगाएतका सामाजिक सञ्जालमा आधिकारीक एकाउन्ट संचालन गर्ने निर्णय गरेको हो । साथै पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरी विभिन्न व्यक्तिहरुले संचालन गरेको फेक एकाउन्टलाई तत्काल बन्द गर्न सचेत गराएको छ ।
सामाजिक सञ्जालको सहि प्रयोगले पार्टी संगठन विस्तारमा पर्याप्त फाइदा हुने तर यसको दुरुपयोगले व्यक्ति, परिवार, समाज, दल, संगठन र राष्ट्रलाई समेत गम्भीर क्षति पुगेको, विभिन्न खाले अपराधका घटना घटेको यथार्थलाई पनि विर्सन सकिदैन ‘निर्णयमा भनिएको छ’ नेपाली कांग्रेसको विचार, सिद्धान्त, कार्यक्रमहरुलाई जनता बीच लिएर जान सामाजिक सञ्जालको प्रयोग आवश्यक छ । तत्काल फेक एकाउन्ट बन्द नगरे आवश्यक कारवाही अगाडि बढाउने निर्णयमा उल्लेख छ ।
