
पूर्णपुष्टि, जेठ ६ । काठमाण्डौँको चन्दागिरी नगरपालिकामा एक महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई चन्द्रागिरीको मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले शुक्रबार दिउँसो शरीरमा पेट्रोल छर्की आगो लगाएर आत्महत्या गरेको जिल्ला परिसर काठमाण्डौँले जनाएको छ ।
पौने ३ बजेको समयमा शरिरमा आगो लगाएर छटपटिंदै अचेत अवस्थामा कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीद्धार उनको उद्धार गरिएको थियो । श्रेष्ठलाई उद्धार गरी कीर्तिपुर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा आज बिहान करिब पौने तिन बजेको समयमा मृत्यु भएको र घटानबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
