Saturday, May 16News That Matters

स्पन्दन सुब्बा ‘द भ्वाइस किड्स सिजन–२’ को विजेता

पूर्णपुष्टि, जेठ ६ । स्पन्दन सुब्बा र्यालिटी सो ‘द भ्वाइस किड्स सिजन–२’ को विजेता भएका छन् । शुक्रबार राती भएको ग्राण्ड फिनालेमा टिम प्रमोद खरेलको समुहबाट प्रतिष्पर्धा गरेका सुब्बाले विजेता हुँदै उपाधि सहित नगद १५ लाख रुपैया प्राप्त गरे ।

विजेता सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार हस्तान्तरण गरेका हुन् । उपाधिका लागी फिनालेमा आठजनाले प्रतिष्पर्धा गरेका थिए । विजेता सुब्बाले फिनालेमा कोच प्रमोद खरेलको ‘हङगामा भो हङगामा भो’ बोलको गित गाएका थिए ।

फिनालेमा सबै आठजना फाइनलिस्टले रमाइलो सांगीतिक प्रस्तुति दिएका थिए । यस सिजनको कोचमा प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी र सुशान्त केसी रहेका थिए । भ्वाईस किड्समा कोच प्रमोदले ह्रयाट्रिक गरेका छन् । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार तेस्रो जित हो ।