Saturday, May 16News That Matters

बगाहाको ७५ जना किशोरीहरुलाई आत्मरक्षा सिप सम्बन्धी अभिमुखिकरण

पूर्णपुष्टि,जेष्ठ ६ । गाईघाटको त्रियुगा नगरपालिका वडा नं. ३ बगाहा स्थित श्री जनप्रेमी रेशमलाल परमानन्द आधारभुत विद्यालयको विद्यार्थी किशोरकिशोरीहरुलाई आत्मरक्षा सिप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गत विहिवार देखि सुरु गरिएको अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपाल)को आयोजनामा भएको दुई दिने आत्मरक्षा सिप सम्बन्धी अभिमुखिकरण कार्यक्रममा ७५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । ओरेक उदयपुरले महिला हिँसा र किशोरीमाथि हुने हिँसा न्यूनिकरण तथा महिलाहरुको हकहितको लागि देशब्यापी विभिन्न कार्यक्रम तथा अभियानहरु आएको ओरेकले जनाएको छ । समुदाय स्तरका किशोरीहरुलाइ विभिन्न समुह तथा सञ्जालमा आवद्ध गराइ,सँजाल निर्माण गरि आफू माथि हुने हिँसाको प्रतिकार गर्न सक्ने क्षमता अभिवृद्धिका लागि सहजिकरण गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको थियो । सार्वजनिक स्थलमा हुने हिँसाको सन्दर्भमा पनि ओरेक उदयपुरले परियोजना सँचालन गरिरहेको छ ।