
पूर्णपुष्टि, साउन ३० गते ।
चर्चमा आगो लाग्दा १५ जना बालबालिकासहित ४१ जनाको इजिप्टमा ज्यान गएको छ । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको भए पनि विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
उद्धारमा खटिएका चार प्रहरीसहित १६ जना घाइते भएका छन् ।
आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालिएको राष्ट्रपति अबदेल फताह अल सिसीले बताएका छन् ।
