Wednesday, June 10News That Matters

धार्मिक तथा आन्तरिक पर्याटनमा सहयोग पुराउन गाईघाटमा बोल बम साईकलिङ तथा बृक्षारोपन

पूर्णपुष्टि, साउन ३०
गाईघाटमा साउनको अन्तिम सोमवार भव्य कार्यक्रम सहित बोलवम साईकलिङ यात्रा तथा बृक्षारोपण गरिएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अयोजना तथा उदयपुर जिल्ला साईकलिङ संघको समन्वयमा उक्त कार्यक्रमको अयोजना गरिएको हो । बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीका अनुसार उदयपुरमा धार्मिक तथा पर्यटन क्षेत्रलाई सफल बनाउन साईकलिङ यात्रा तथा बृक्षारोपन गरिएको बताउनुभयो । नेपालको इतिहाँसमा धार्मिक तथा सौन्दर्य बातावरण्मा पर्यटनहरुको आकर्षण हुने भन्दै यसलाई जोड गर्नु पर्नेमा रसाईलीको भनाई छ । साईकलीङ यात्रा गाईघाटको बिभिन्न स्थानहरु मेनचोक देखी सुरु भई असारी, ढिम्की मन्दिर हुँदै शान्तीधाममा पुगेर बृक्षारोपनमा परिणत भएको थियो ।
यात्राको उद्घाटन त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले गर्नुभयो । साथै बृक्षारोपनामा समेत सहभागी बन्नु भयो । यता बृक्षारोपनमा सुरक्षाकर्मीका प्रमुखहरु नेपाल प्रहरीका एसपी ज्ञानेन्द्र प्रसाद फुँयाल सहित शसस्त्र प्रहरी प्रमुखहरु समेतको सहभागी रहेको थियो ।