
पूर्णपुष्टि,माघ २३ । पाकिस्तानका विकेटकिपर व्याटर मोहम्मद रिजवा क्रिकेटर सन्दीप लामिछानेलाई भेट्न नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का महासचिव दुर्गा पाठकले रिजवान नेपालमा सन्दीप लामिछानेलाई हौसला दिन आएको बताए । उनले सन्दीपलाई भेट्न मात्र नेपाल आएको कुरामा आफू पनि अझै पक्का हुन नसकेको भएपनि उनी नेपाल आएर सन्दीपलाई भेट्दै हौसला प्रदान गरेको बताए ।
रिजवान सन्दीपलाई हौसला दिनका लागि नेपाल आएको बुझिएको छ। सोमबार बिहान नेपाली क्रिकेट टोलीलाई पनि भेट गरेका छन्। उनी सोमबारै पाकिस्तान फर्किने नेपाल क्रिकेट संघ (ण्क्यान) ले जनाएको छ।
नेपाली टोलीका खेलाडी सन्दीप बलत्कार आरोप लागेर तीन महिना हिरासतमा बसेर धरौटीमा छुटेका हुन् । सन्दीपालाई क्यानले गरेको निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो ।
