
पूर्णपुष्टि,माघ २३ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं.१४, साउनेमा सुखायु आयुर्वेद अस्पताल प्रा.लि.द्धारा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । सोमबार दिउँसो वडाको स्वास्थ्य चौकीमा वडा नम्बर १४ को आयोजना र सुखायु आयुर्वेदिक अस्पताल प्रा.लि. गाईघाट साथे सिटिजन लाइफ इन्योरेन्स शाखा गाईघाटको समन्वयमा शिविरको कार्यक्रम सम्पन्न गरेको हो ।

शिविरमा साउनेका बिभिन्न ठाउँ गरी ६० जना स्थानीयहरुले प्रत्यक्ष स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य शिविरमा अधिकांस पाइल्स र पेटको बिरामीहरुको संख्या देखिएका थिए । उक्त शिविरमा विशेष गरी पायल्स,फिस,फिस्टुला साथै पेट सम्बन्धी सम्पुर्ण समस्याहरुको चेक जाँच गरिएको थियो ।
शिविरमा सेवालिन आएकाहरुलाई निःशुल्क चेक जाँच गराएको थियो गरिएको थियो । स्वस्थ्य परिक्षण पछि देखिएका समस्याहरु मध्य ल्याप भर्ना गर्नुपरेमा उक्त अस्पतालले ५० प्रतिशत छुटको व्यवस्था गरेका थियो । यता क्षारसुत्र अप्रेशन गर्नुपरेमा मात्र ६ हजार लाग्ने सुखायु आयुर्वेद अस्पतालका संञ्चालक इन्द्रजीत यादवले बताए । उनका अनुसार स्वस्थ्य शिविर अन्तरगत जिल्लाका बिभिन्न ठाउँहरुमा कार्यक्रममको आयोजना गर्ने बताए । आगामी बुधवार मोतिगडामा स्वास्थ्य शिविर हुने संञ्चालक यादवले बताए ।

