Wednesday, June 17News That Matters

बेपत्ता रहेको उदयपुरका बालक काम खोज्दै जाँदा आफन्तको सम्पर्कमा

पूर्णपुष्टि, माघ २३ गते ।
लाहान बाट बेपत्ता अवस्थामा रहेको उदयपुरका एक बालक एक हप्ता पछि परिवारको सम्पर्कमा आएको छ । त्रियुगा नगरपालिका १३ बहेडुवाका १५ बर्षिय ललित चौधरी आज सोमवार परिवारको सम्पर्कमा आएको हो ।
उनि गत सोमवारबाट विद्यालयको पोशाकमै बेपत्ता रहेका थिए । उनी लाहान नजिक लौकाहा ठाँडीमा फेला परेको हो । उनि आमा सँग रिसाएर हिडेको खुलेको छ । एक हप्ता सम्म बरालीएरै हिडिरेको र अन्तिममा एक ब्यापारीको पसलमा काम खोज्दै जाँदा उनी परिवार सम्म सम्पर्कमा आउन सफल भएको हो । घर फर्किने मनस्तीती नगरेका ललितले ब्यापारी सँग काम मागेका थिए ।
व्यापारीले तिमि विद्यार्थी हौ भन्दा उनले अस्वीकार गर्दै म विद्यार्थी होईन म काम गर्ने मान्छे भन्दै व्यापारीलाई जिद्धि गरेका थिए । पछि व्यापारीले तिमिलाई काम लगाउने हो भने तिम्रो परिवार सित कुरा गर्छु अनि मात्रै राख्छु भनेपछि ललितले आमालाई फोन गरेका थिए । उनले फोन गर्ने बित्तिकै उनि सकुसल रहेको परिवारले पत्ता लाएका थिए । उनलाई त्यहाँबाट परिवारले जिम्मा लिने जनाईएको छ ।