
पूर्णपुष्टि,चैत्र १० । वैशाख १ गते प्रदर्शनमा आउँन लागेको नेपाली चलचित्र जारीको ट्रेलस सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र मिरुना मगरले अभिनय गरेको चलचित्र आज एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।
लिम्बु समुदायको प्रेमकथामा आधारित रहेको उक्त फिल्ममा माईत गएकी श्रीमतीलाई घर फर्काउन पुरुषले गर्नु परेको संघर्षलाई देखाएको छ । सार्वजनिक ट्रेलरमा दयाहाङ राई र मिरुना मगरबीच माया र उनीहरूको सम्बन्धमा आएको उतारचढावलाई देखाइएको छ।
उक्त चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ । नेपाली दर्शकहरु अत्यन्तै रुचाएको उक्त कलाकारहरुको अभिनय हेर्न उत्साहित छन् ।
