Wednesday, May 20News That Matters

मगर संसारद्धारा रौतामाईका अग्नी पिडितलाई आर्थिक सहयोग

पूर्णपुष्टि,चैत्र १० । उदयपुरको रौतामाई गाँउपालिका–८, पाखाटोलका अग्नी पीडित लाई मगर संसार फोटो ग्यालरीद्वारा आर्थिक सहयोग प्रदान गरेको छ । बिहिवार एक कार्यक्रमको बीच मगर संसारका एडमीन ज्ञानदिप आले मगर र राम बहादुर बुर्जा मगरको नेतृत्वमा घटना स्थल पुगेको टोलिले नगद १ लाख ८ हजार ३ सय दश रुपैयाँँ पीडित परिवारलाई सहयोग गरेको हो ।

गत फाल्गुन २६ गते विद्युत सर्ट भई मगरको घर आगलागि भएर ठुलो धन जनको क्षति भएको थियो । उक्त खवर पाए लगतै मगर संसार फोटो ग्यालेरीद्धारा देश–बिदेशमा छरियर बसेका मगर समुदाय भित्रका बिभिन्न व्यक्तिहरुबाट सहयोग संकलन अभियान सुरु गरेको थियो । सहयोग अभियानमा बिभिन्न ठाउँ गरी ३५ जना मगर समुदायका दाजुभाईहरुबाट सहयोग रकम संकलन भएको ज्ञानदिप आलेले बताए । उनका अनुसार अचानक भएको यस्ता घट्नाहरुले समुदायलाई नै मौन बनाएको भन्दै पिडितलाई गरेको उक्त सहयोगले उनीहरुको जीवीकोपार्जनमा केहि हद सम्म टेवा पुग्ने उनको बताए । मगर संसार फोटो ग्यालरीले यस अघि बिभिन्न बिडितहरुलाई सहयोग गर्दैँ आएको छ ।

मगरको दुई तले घरमा बिधुत सर्ट भई अचानक आगलागि भएको थियो । घर आगलागि हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको थियो थियो भने रामको ६ बर्षिया छोरी जस्मिन र २ बर्षे छोरा रोजनको जलेर मृत्‍यु भएको थियो । उक्त घटनामा मानविय क्षति बाहेक झन्डै दश लाख वरावरको क्षति भएको थियो ।