
पूर्णपुष्टि, चैत १० । राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ को राष्ट्रिय जनगणना सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन् । अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको छ भने यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो ।
यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । विस्तृत र अन्तिम सार्वजनिक प्रतिवेदनमा दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या निस्किएको हो ।
