Tuesday, April 21News That Matters

चाडपर्व सुरक्षित बनाउन कोशी प्रदेश प्रहरी प्रमुख खापुङको निर्देशन

पूर्णपुष्टि, असोज १७ । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका छन् । मंगलबार भर्चुअल माध्यमबाट आयोजित बैठकमा उनले कालोबजारी नियन्त्रण, चोरी तस्करी रोकथाम र लागूऔषध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिए ।

चाडपर्वको समयमा बढ्ने यात्रु चापलाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गर्न र दुर्घटना रोक्न ट्राफिक व्यवस्थापन कडा बनाउन समेत उनले भने । जुवातास, मदिरा सेवन र पटाका नियन्त्रणका साथै फरार प्रतिवादी पक्राउ र मापसे चेकजाँचलाई तीव्रता दिन पनि निर्देशन दिइएको छ । डिआइजी खापुङले बाढीपहिरो जस्ता विपद्का बेला अन्य सुरक्षा निकायसँग समन्वय गरी सीमित स्रोत साधनको अधिकतम प्रयोग गर्न समेत मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।