
पूर्णपुष्टि, असार २ । स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीको शुक्रबार स्कारपियो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।
राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको बा १५ च १७०९ नम्बरको स्कारपियो राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भिर घाईते भएका गिरीलाई उपचारको लागी जिल्ला अस्पताल स्याङ्जा लगिएकोमा चिकित्सकले ११ : ४० मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी र चालक पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीयसुरज नेपालीलार्य नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताए ।
