Friday, July 17News That Matters

त्रिनपा १५ मा बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल, बारीमै खाना

बिक्रम राई

पूर्णपुष्टि, २ असार ।
आ… ! अर्को साल देखी त बाली पनि लगाउँदिन होला । बाली रुग्ने पनि कोही हुँदैन बाँदर बाट बाली जोगाउन सक्ने अवस्था पनि छैन् । दुख गरी लगाएको बाली बाँदरलाई नै ठिक्क हुन्छ, यो पिडा त्रियुगा नगरपालिका १५ गहतेका ७३ बर्षिय दल वहादुर राईको हो । पछिल्लो समय बाँदरमा बुद्धि पलाएको छ । पहिले भन्दा बढी चलाखीका साथ बाली सक्याउन बाँदर बारिमा आउँछ” उनले भने, ।
उनि बालिको समयमा बाँदरबाट सँधै चिन्तित हुने गर्छ, घरमा परिवारहरु पनि नहुँदा बाँदर गोठाला गर्न आफै बारिमा पुग्ने गरेको छ । बिहान झिसमिसमै बारी पुगिसकेको हुनु पर्छ,’ आँखा देख्न थालिसकेपछि बाँदर बारिमा भरिभराउ भैहाल्छ, बाँदरलाई नखेदाए केहि खान पाईन्न राई भन्छन्, । बाली नाली लगाएको समय दल बहादुरको काम दिनभर बारीमा बाँदर पर्खने हो । उनि बिहानै ५ बजेपछि बारिमा पुगि सकेको हुन्छ ।

बाँदरलाई तह लगाउन कस्ले सक्ला र कसरी सकिएला भन्ने उनमा प्रश्नै प्रश्न उब्जीरहन्छ । बाँदरले आँखाको झिमिकमै बाली सक्याउने राई बताउँछन् । बाँदरको जेरै बारीमा छिर्यो भने मकै कोदो जस्ता वाली केहि बाँकी नराख्ने उनले सुननाए । राईका अनुसार पछिल्लो समय बाँदरमा झनै बुद्धि थपिएको र चलाखीका साथ बाली खान थालेको महसुस गरेको छ । बाँदरमा बुद्धि पलाएको छ । यीनिहरु चलाखीका साथ मान्छे झुक्याएर मकै खाने गरेको छ । पहिले त मान्छे सँग पनि अलिअलि डराउँथ्यो आज भोली पटक्कै डराउँदैन आँखाको झिमिकमा बाली खाईसकेको हुँन्छ ।

बाँदरका कारण घरमा केहि काम गर्न नपाईने जनाउँछन् । बारी एक ठाउँमा मात्रै नभई चारैतिर हुने र जंगलको मुखमा रहेको बाली बाँदरलाई नै ठिक हुने उनि बताउँछन् । बाँदरकै कारण पर परको बारीहरु बाँझो हुन थालेको र घर नजिकको जग्गाहरुमा बाली लगाउँदा पनि बाँदरले धर नदिएको उनको भनाई छ । धेरै बाली र बाँदरको झेरै छिर्यो भने एक जनाले मात्रै बाँदर गोठाला गर्न सक्ने अवस्था नहुने राईले जनाए ।

राईले बाँदरका कारण बस्तुभाउ समेत पाल्न छाडिसकेको जनाए । उनले बाँदर गोठाला गर्नु की बस्तु गोठाला गर्नु खै के गर्नु ? बिचल्लीत हुँदै भने । बाँदरलाई रात दिनै बारीमा बसेर गोठालो गर्नु पर्ने हुन्छ । जुनेली रातमा बारीमै बास हुन्छ, राईले सुनाए । राई खाना पनि बारीमा खान्छ । बाँदरले खाना समेत खान दिँदैन, बारीमै खाना खान पर्ने अवस्था छ । मान्छेले घरमा भान्सा गर्न थाले उता बाँदरले बारीमा भान्सा सुरु गर्छ ।

सोही ठाउँका अर्का किसान जिवन राईले जमिनमा बालीनाली लगाउन छाडेका करिब ४ बर्ष भयो । जंगल साईडमै जग्गा जमिन रहेको हुँदा बाँदरले हैरान पारेपछि उनिले बाली लागाउन छाडेका थिए । घरमा प्रसस्त जन छैन् । बर्षो मेहनतले लगाएको वाली बाँदरलाई ठिक हुन्छ । बाँदर रुग्ने मान्छे नहुँदा बाली जोगाउन सक्ने अवस्था रन्न राईले भने, ।

राईले मेहनतका साथ बाली लगाउँदा परिवारलाई ढुक्क खान पुग्ने बाली बाँदर आतंकले छाडेको जनाए । बाली छाडे सँगै राईले बारीमा फलफुल लगाउन सुरु गरे । फुलफुल पनि जोगाउन नसक्ने अवस्थामा रहेको राईको भनाई छ ।

वाली सँगै घरवरवरको फलफुलहरु पनि बाँदरले केही बाँकी नराख्ने त्यहाँका स्थानीयहरुले बताए । राईका अनुसार अहिले घर घर बाँदर आतंकले मानिसहरु बिचल्ली हुँदै गएको जनाए । बाँदरले पहिले नखाने चिजहरु पनि अहिले खान थालेको छ । नखाएको चिज पनि सबै ढाल्ने लडाउने र नष्ट गर्ने हर्कत गर्ने गरेको छ । हामि बाँदर देखी केहि जोगाउन नसक्ने भैसकेउ कसरी तह लगाउने बाँदर उनले भने । राईले लगाएको केरा, भुईकटहर, लिँची, आँप, खोर्सानी, टमाटर निभुवा, काती केहि पनि जोगाउन नसकिने अवस्थामा रहेको जनाए । पहिले निभुवा खाँदैन थियो, अमिलो हुने भएको कारण त्यसलाई हामिले बारी पुछारमा लगाउने गरेका थियौँ नखाए पनि सबै बोटबाट झारेर फुटाएर नष्ट गरिदिन्छ राईले भने ।

बाँदर बाट हैरानी भएका त्यहाँको स्थानीयहरु बिचल्लीत हुन थालेको छ । मान्छेले खानु पर्ने चिज बाँदरलाई ठिक्क छ । कोही बाली नै लगाउन छाडि सकेको छ भने कोहीले अर्को सालबाट बाली लगाउने या नलगाउने अन्योलमा छ ।