Monday, April 20News That Matters

चार छुट्टाछुट्टै दुर्घटनामा छ जना घाइते

पूर्णपुष्टि/उदयपुर, कार्तिक २१
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा छुट्टाछुट्टै चारस्थानमा आज दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार आज विहान सबा ९ः०० बजे त्रियुगा नगरपालिका–९ कालिखोला स्थित मदनभण्डारी राजमार्गमा गाईघाटबाट चुहाडे तर्फ जाँदै गरेको स ५ प ४०४१ नं। स्कुटर र बिपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२–०१९ प १५३७ नं को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । घाईते भएका मोटरसाईकल चालक रौतामाई गापा–७ मुर्कुचीका २२ वर्षिय सुरेन्द्र पुलामी मगर, मोटरसाईकलमै सवार निजकै आमा ४२ वर्षिया दिलकुमारी मगर र स्कुटर चालक त्रिनपा–१२ शनिमन्दिरका २६ वर्षिय ईमन कार्कीलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात विराटनगर स्थित सुविधा सम्पन्न अस्पतालहरुमा थप उपचारको लागि लगिएको छ ।
त्यसैगरी आजै ११ः०० बजे रौतामाई –७ घट्टाबाट मुर्कुची तर्फ जाँदै गरेको बा ४० प ८२५२ नं को मोटरसाईकलले पैदल यात्री सोही स्थान बस्ने ८२ वर्षिय नारायणबहादुर कार्कीलाई ठक्कर दिएको र घाईते भई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात विराटनगर स्थित आर्या न्यूरो अस्पतालमा थप उपचारको लागि लगिएको छ ।
आजै १२ः०० बजे त्रियुगा नपा–१० आँखा अस्पताल नजिक मदन भण्डारी लोकमार्गमा मुर्कुचीबाट बोक्सेतर्फ आउँदै गरेको नेपाली सेनाको पशुपति प्रसाद गण बोक्से उदयपुरको टु–टन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला झापा कमल गापा –५ बस्ने ३७ वर्षिय गोपालबहादुर सार्की घाईते भएका छन् । उनलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगर स्थित आर्या न्यूरो अस्पताल लगिएको छ ।
त्यस्तै आजै दिउसो २ बजे त्रियुगा नपा–१० बोक्सेचोक नजिक करमगछीबाट गाईघाट तर्फ जाँदै गरेको मोटरसाईकलले बाटो क्रस गर्दै गरेका पैदल यात्री जिल्ला खोटाङ दिप्रुङ चिइचुम्मा गापा–७ टेम्मा घर भइ हाल त्रिनपा– १० बोक्से बस्ने १६ वर्षिय सुमन राईलाई ठक्कर दिँई घाईते भएका छन् । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार पश्चात घर फर्केका छन् । दुर्घटनामा संलग्न मोटरसाईकल र चालक तत्काल फरार रहेकोले खोजतलासको कार्य भइरहेको प्रहरीले जनाएको छ ।