
पूर्णपुष्टि÷उदयपुर, कार्तिक २३ । साचिबुङ राई र जुनसाङ लामा अण्डर–१५ बेल्टार ब्याड्मिन्टन प्रतियोगिताका फाईनलिष्ट बनेका छन् भने महिलातर्फ सिर्जना राई र स्मिता खत्री फाईनलिष्ट बनेका छन् । हिजो भएको अण्डर (१५ पुरुष र महिलाको सिङ्गल खेल प्रतियोगितामा उनीहरु फाईनलिष्टमा सफल बनेका हुन् ।
पुरुषतर्फ २७ र महिलातर्फ १७ जनामा रोमाञ्चक प्रतिष्पर्धात्मक खेल भएको थियो । फाईनलिष्ट सचिबुङ बेल्टार ब्याड्मिन्टन क्लवको १ वर्षदेखि प्रशिक्षित खेलाडी हुन् भने जुनसाङ बसाहा ब्याड्मिन्टन क्लवका हुन् । उनी पनि बेल्टारमा केहि समय प्रशिक्षण लिएका खेलाडि हुन् । सिर्जना र स्मिता दुबै बेल्टारका प्रशिक्षित खेलाडि हुन् । सिर्जना १ वर्ष र स्मिता ४ वर्षदेखि खेल्दै आएका छन् । यी फाईनलिष्टहरुको फाईनल खेल आगामी २८ र २९ गते हुने बेल्टारमा हुने जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिताको फाईनलसंगै हुनेछ ।
