Monday, April 20News That Matters

ट्याक्टरबाट खसेर एक जनाको मृत्यू

२३ कार्तिक, २०८२ | उदयपुर
आज अन्दाजी विहान ०८:४५ बजे लालपत्ता-दमौती कच्ची सडकखण्डकाे त्रियुगा नगरपालिका-५ गेरुवाई खोला नजिक पिपलचौरीमा पिपलचौरीबाट लालपत्ता तर्फ आउँदै गरेको ट्याक्टरबाट खस्दा एकजनाकाे ज्यान गएकाे छ ।
स १ त ५४३५ नंम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टर गुडिरहेको अवस्थामा ट्याक्टरमा सवार त्रियुगा नगरपालिका वडा नं. ५ पिपलचौरी बस्ने अन्दाजी ५८ बर्यिय दमसेर राईकाे ज्यान गुमेकाे हाे । अचानक खसेर घाईते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा चिकित्सकले मृत्यु घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
मृतक राई सोही ट्याक्टरका कामदार रहेकाे बुझिएकाे छ । ट्याक्टर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा छ भने घटनास्थलबाटै फरार रहेक चालककाे खोजतलास कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।