Sunday, July 5News That Matters

चिर्पटले हानी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

पूर्णपुष्टि, असार ७ । ताप्लेजुङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । सिरिजंघा गाउँपालिका–३ सिकैचाका ३८ बर्षीय लक्ष्मण चाम्लिङ राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

असार ५ गते सांझ घरायसी बिषयमा बादबिबाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमती ३१ बर्षीय निशा राईलाई चिर्पट दाउराले टाउकोमा प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राईले रिसको आवेगमा भान्सा कोठामा रहेको दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । घटनाको आरोपित राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।