Sunday, June 28News That Matters

चीन र भारतको भिडन्तमा ३ जना भारतीय सैनिकको मृत्यु

पूर्णपुष्टि, असार २ गते । 

चीन–भारत सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा चिन र भारतीय सैनिकबीच भिडन्त भएको छ । भिडन्तमा तीन भारतीय सैनिकहरु मारिएका छन् ।

मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको मृत्यु भएको हो ।

दुई देश विच सीमा क्षेत्रमा बारम्बार तनाव हुने गरे लामो समयपछि गोली नचलेको छ । एक महिनादेखि लद्दाखमा भारतले बाटो विस्तार गरेपछि दुई देशबीच तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । तर सोमबार राति गोली हानाहान भएको छ ।

भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ ।

चीनले भने भारतीय सैनिकले सीमा नाघेकाले झडपको अवस्था सृजना भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार मात्र भारतीय सेनाले दुई पटक सीमा पार गरेको बताएका छन् ।

उनीहरुले चिनियाँ सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले गम्भीर रुपमा झडप भएको जनाएका छन् । तर झडपा चिनियाँ सैनिकतर्फ क्षति भए नभएको जनाएका छैन ।