
पूर्णपुष्टि, फागुन २७ ।
भेटघाट कबर्डहल, चुहाडेकाे आयाेजनामा भएकाे ब्याड्मिन्टन प्रतियाेगिताकाे विजेता चाैदण्डिगढि नगरपालिकाका जेनिस मगर र साेसन पाैडेलकाे जाेडी बनेकाे छ । सिरहाका गाेविन्द चाैधरी र दिपेश चाैधरी दाेस्राे भएका छन् । बिक्रमसिङ खड्का र कालुमान उराव तेस्राे भएका छन् ।
खुल्ला जुनियर डबल्स ब्यड्मिन्टन प्रतियाेगितामा १८ टिमले भाग लिएका थिए । प्रतियाेगिताका विजय टिमहरुलाई पुरस्कार, मेडल र ट्रफि प्रदान गरिएकाे थियाे ।
