Saturday, January 31News That Matters

चौथो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड सुरु (फोटो सहित)

सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, पुष ११ । उदयपुरको सदरमुकाम गाईघाटमा चौथो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड प्रतियोगिता २०८२ आजदेखी सुरु भएको छ । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मूलनारा सहित युवा तथा खेलकुद विकास समिति त्रियुगाको आयोजनामा थरुहट रङ्गशालामा चौथो मेयर रनिङ शिल्ड तथा राष्ट्रपती रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो ।४० वटा विद्यालयको सहभागिता रहेको यस प्रतियोगितामा भलिबल, कराते, तेक्वान्दो, कब्बडी र एथलेटिक्स लगायतका ५ विधाका खेलहरू खेलाईएको छ । यस प्रतियोगिताको उद्घाटन त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले गरेका हुन् । प्रतियोगिता सुरु गर्नुभन्दा अघि सहभागी सबै विद्यालयका विद्यार्थिहरुले मार्च पास गरेका थिए । आजदेखी सुरु भएको प्रतियोगिता पुष १४ गतेसम्म संचालन हुनेछ ।

यस अघि श्री त्रियुगा माध्यामिक विद्यालय गाईघाटले तिन बर्ष नै प्रथम हुँदै पच गरेको शिल्ड नगद दिएर फिर्ता गरिएको छ । त्रियुगा मा.वि. ले २०७९,०८० र ०८१ मा प्रथम हुँदै शिल्ड पच गरेको थियो । यस बर्ष आयोजकले विद्यालयलाई पैँसा दिएर शिल्ड फिर्ता ल्याएको हो ।

प्रतियोगिताको विजेता टोलीहरुलाई नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र दिईने र यस वर्षदेखी प्रतियोगिताको सर्वोकृष्ट हुने छात्र र छात्रा तर्फको एक–एक जना खेलाडीलाई साईकल दिईने आयोजनकले जनाएको छ ।