Sunday, April 19News That Matters

चौदण्डीगढीको नगर अस्पताल सार्वजनिक बिदामा पनि खुल्ने

पूर्णपुष्टि, असोज ९ । चौदण्डीगढी नगरपालिकाको बेल्टारस्थित आधारभूत नगर अस्पतालले सार्वजनिक बिदाको दिनमा समेत सेवा दिने भएको छ।

पूर्णपुष्टि, असोज ९ ।

अस्पताल व्यवस्थापक मोहन सुबेदीले मंगलबार एक सूचना जारी गर्दै दशैं, तिहार र शनिबार बाहेक अन्य सार्वजनिक बिदामा पनि अस्पताल खुला रहने जानकारी दिए।

अस्पतालको सेवा समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ। नगर प्रमुख कालुमान लामाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन अस्पताल व्यवस्थापकको जिम्मेवारी अनुभवी व्यक्ति मोहन सुबेदीलाई दिएको बताए। उनले अस्पतालले जनताको अपेक्षा भन्दा पनि फरक र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै, अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेपछि बिमाको औषधीमा समस्या नआएको समेत जानकारी दिए।