Saturday, June 20News That Matters

चौदण्डीगढीमा २७ सय भन्दा बढी नागरीकले कोरोना विरुद्धको खोप लगाए

 

पूर्णपुष्टि, साउन १३ 

उदयपुरको चौदण्डीगढीमा कोरोना विरुद्धको चिनबाट ल्याइएको भेरोसेल खोप २ हजार ७२१ जनाले लाएका छन् । ११ र १२ गते सञ्चालन गरीएको खोप कार्यक्रममा १ हजार ३९३ महिला र १ हजार ३२८ पुरुष गरी २ हजार ७२१ जनाले भेरोसेल खोप लगाएका हुन् ।

खोपका लागि नगर अस्पताल बेल्टार, स्वास्थ्य चौकीहरू चौदण्डी, सिद्दिपुर, बसाहा, सुन्दरपुर र हडियालाइ खोप केन्द्र तोकिएको थियो ।

उक्त खोप केन्द्रमा वृद्धवृद्धाहरुको उपस्थिती निकै उत्साहजनक रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाको लागि आएको २६ सय खोप अपुग भइ तत्काल जिल्ला स्वास्थ्य कार्यालयलाई थप माग गरि नागरिकलाई खोप लगाइएको स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिनुभयो ।

५५ वर्षदेखि माथीका उमेर समूहका व्यक्ति र विद्यालयका शिक्षक, प्रध्यापक, कर्मचारी, चालक सहचालक र भिसा लागि सकेकाहरुलाई खोपको व्यवस्था गरिएको थियो ।