Saturday, June 20News That Matters

लेनदेन मुद्दामा दोषी ठहर भई फरार भएका २ महिला पक्राउ

पूर्णपुष्टि, साउन १३

लेनदेन मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना महिलालाई सिरहाबाट प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका–७ का ५५ वर्षीया किसतावरी सदा र ४५ वर्षीया सम्पो सदालाई पक्राउ गरेको हो ।

लेनदेन मुद्दामा दोषी ठहर गर्दै सिरहा जिल्ला अदालतले उनीहरुलाई एक वर्ष कैद सजायको फैसला सुनाएको थियो । दुवै महिलालाई उनीहरुकै घरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।