
पूर्णपुष्टि, साउन १३
नौ दिने शिशुसहित पोखरीमा तीन जनाको शव फेला परेकोे छ । सर्लाहीको ब्रहृमपुरी गाउँपालिका–३ भेल्हीको एक पोखरीमा स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव फेला परेको हो ।
रिकेवादेवी गएराति नाबालक छोरा–छोरीसहित घरबाट निस्किएकी थिइन् । तीनैजनाको शव आज बिहानपख सूर्यवंश चौधरीको निजी पोखरीमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव निकालेर पोष्टमार्टमका लागि मलंगवा पठाइएको र अनुसन्धान पनि जारी राखेको एसपी सन्तोष सिंह राठोरले जानकारी दिनुभयो ।
श्रीमती र बच्चा खोज्न भनेर घरबाट निस्किएका रिकेवादेवीका श्रीमान सञ्जीव पनि अहिलेसम्म सम्पर्कमा नआएको एसपी राठोरले बताउनुभयो ।
