Saturday, June 20News That Matters

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार श्रीमान र श्रीमतीको मृत्यु

पूर्णपुष्टि, साउन १३ झापा दमक नगरपालिका–४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मोटरसाईकल चालक झापा कन्काई–३ का ४३ वर्षीय पूर्ण बहादुर बिष्ट र पछाडी सवार उनकै श्रीमती ३६ वर्षीया भिमा बिष्टको मृत्यु भएको हो । हिजो राती सभा १० बजे पश्चिम तर्फ आउदै गरेको ना४ ख ८७३० नम्बरको ट्रकले विपतरित दिशाबाट आईरहेको प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा गम्भिर घाईते भएका उनीहरुलाई उपचारको लागी दमक लाईफ लाईन अस्पतालमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कर्यालय झापाले जनाएको छ । दुर्घटना गरेर फरार भएको ट्रक चालक मोरङ विराटनगर–४ बस्ने ४८ वर्षीय सुजन थापा र सो ट्रकलाई अस्थाई प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।