
पूर्णपुष्टि, ५ जेष्ठ ।
आगो निभाउन बेलका गएको चौदण्डीगढी नगरपालिकाको दमकलमाथी तोडफोड भएको छ । शुक्रबार बेलका नगरपालिकाको लालबाजरमा टिपरले ठक्कर दिएर ४ बर्षिया बालिकाको मृत्यु भएपछि घटना स्थल तनाव ग्रस्त छ । घटनापछि आक्रोस बनेका स्थानीय आन्दोलनकारीहरुले ट्रकमा आगजानी गरेका थिए । सोही आगो निभाउन बेलका पुगेका चौदण्डीगढी नगरपालिकाको दमकललाई आन्दोलनकारीहरुले तोडफोड गरेका थिए । बेल्टारका पत्रकार अन्जनी कुमार अधिकारको फेसबुक पोष्टमा दमकल तोडफोड गरिएको जनाईएको छ । अधिकारीले दमकल तोडफोड पश्चात चल्न नसक्ने अवस्था रहेको जनाए ।
