Saturday, June 13News That Matters

३०औ मदनभण्डारी स्मृति गोल्ड कप प्रतियोगिताको उपाधी जलजलेलाई

बिजय राई
पूर्णपुष्टि,जेष्ठ ६ ।
राष्ट्रिय युवा संघ वडा कमिटि त्रियुगा नगरपालिका वडा नं.१४ साउँनेको आयोजनामा सञ्चालित ३०औँ मदनभण्डारी स्मृति गोल्ड कप प्रतियोगिताको उपाधी जाग्रिति युथ क्लव जललेले हात पारेको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वस्थ्यको लागि खेलकुद’ भन्ने मुलनाराका साथ शुक्रवार भएको फाईनल खेलमा ११ स्टारलाई ० को विरुद्ध २ गोल गर्दै जलजलेले सहजै उपाधी हात पारेको हो ।

प्रतियोगिताको अन्तिम फाईनल खेलमा जलजलेको तर्फबाट पहिलो हाफको १०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै जर्सि नम्बर ७ का खेलाडि विशाल चौधरीले टिमका लागि अग्रता लिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा लगातार जलजलेकोलागी विशालले थप एक गोल गर्दै उपाधी पक्का गरेको थियो ।प्रतियोगिता भरी ११ स्टारले भने कुनै जवाफि गोल फर्काउँन नसक्दा प्रतियोगिताको उपविजेतामै चित्त बुझाएको छ ।

फाईनल खेलको उत्कृष्ट गोलरक्षक जल्जलेका तर्फबाट अनिल मगर, उत्कृष्ट डिफेन्डर योगेश बिष्ट जल्जले, सर्वाधिक गोलकर्ता ११ स्टारका अनमोल राई, सर्वउत्कृष्ट खेलाडी ११ स्टारका खेलाडि आयुव राईले प्राप्त गरेको छ । फाइनल खेल अवधि भरीको म्यानअफ दि म्याच बिशाल चौधरीले प्राप्त गरेको छ । उनीहरुलाई जनहि नगद रु, ५ सय प्रदान गरेको राष्ट्रिय युवा संघ वडा कमिटि त्रियुगा नगपाललिका-१४, का अध्यक्ष किशोर राईले बताए । उनका अनुसार प्रतियोगिताको प्रथम हुने टिमलाई नगद रु, ४० हजार ट्रफि, मेडल प्रमाण पत्र नेकपा एमाले जिल्ला अध्यक्ष परमेश्व घिमिरे, युवा संघको केन्द्रिय सदस्य तुलशी चौलागाई, नगर युवा तथा खेलकुद बिकास समितिका सचिव किरण कार्कीद्धारा हस्तान्तरण गरेका थिए । त्यस्तै उपजिता टिम ११ स्टारले भने नगद रु,२० हजार मेडल प्रमाण पत्र प्राप्त गरेका छन् ।

गत ३ गतेको आईतवार देखि साउँने खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा जिल्लाका बिभिन्न १२ स्थानका टिमहरुले प्रतियोगितामा सहभागिता जनाएको थियो ।