Saturday, May 16News That Matters

बेलका टिपर प्रकरण : क्षती पुर्ति र कार्वाही गर्ने स्वार्थमा बालिकाको शव धरान पठाईयो

पूर्णपुष्टि, ६ जेष्ठ ।
शुक्रबार टिपरको टक्करबाट मृत्यु भएको बालिकाको शव धरान पठाईएको छ । बेलका नगरपालिका ४ लालबजारकी ४ बर्षिय एन्जिला रानामगरलाई टिपरले ठक्कर दिँदा घटना स्थलमै बालिकाको मृत्यु भएका थिए । त्यस पश्चात त्यहाँको स्थानीयहरु आक्रोसित बन्दै अशान्त रुपमा उत्रिएका थिए । स्थानीयहरुले दुईओटा टिपर एउटा दमकल र एउटा ट्याङकरमाथी आगजानी तथा तोडफोड समेत गरेका थिए । बालिकालाई धरान स्थित घोपामा पोष्टमार्टमका लागि पठाईएको हो ।