Thursday, May 21News That Matters

चौदण्डी १ मा राजनितिक पूर्वग्राहीले कर्मचारी हटाएको आरोप, तत्काल पुनर्बहाली गर्न माग

पूर्णपुष्टि, १५ साउन ।
उदयपुरको चौदण्डीगढी नगरपालिका १ वडा कार्यालयले लामो समय देखी काम गर्दे आएका एक कर्मचारीलाई निश्कासन गरेको छ । राजनीतिक पूर्वाग्रही ढंगले निष्कासन गरिएको कर्मचारीलाई पुनर्बहाली गर्न माग राख्दै वडाध्य सिताराम राईलाई आईतवार ध्यानाकर्षण पत्र बुझाईएको छ।

वडाको स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा रहेका कर्मचारी डम्बरबहादुर नेपालीलाई बिना आधार कार्य क्षेत्रबाट हटाइएको भन्दै त्यहाँ कृयाशील दलहरु नेकपा माओवादी केन्द्रका मनिराम राई, नेपाली कांङ्ग्रेका वडा सभापती मिनबहादुर कोइराला र जनता समाजवादी पार्टीका जिल्ला सदस्य मौसम राईले वडाध्यक्ष राईलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

वर्षौदेखी काम गर्दै आएका स्थानीय कर्मचारीलाई बिना आधार बिना जानकारी निष्कासित गर्नु नेपाली माथी अन्याय भएको पूर्व वडाध्यक्ष रोहितमान तामाङले बताए । तर आफू मातहतका कर्मचारी निष्कासन भएको कुरा सुरुमा थाहै नभएको वडाध्यक्ष राईले बताए ।
आफू मातहतको कर्म्चारीलाई नगरपालिकाले हटाइएको विषयनै थाहा नहुनु वडाध्यक्ष राईको गैर जिम्मेवारीपन भएको जसपाका नेता राईले बताए ।

माओवादी केन्द्रका वडाइन्चार्ज मनिराम राईले निकालिएका कर्मचारी पुनर्बहाली गर्न अनुरोध गरेको छ । हामी पार्टी, समुदाय, वर्ग जाताभात केही हेर्दैनौ, बुझ्दैनौ । तर, एउटा दलित समुदायले खाईपाई आएको सेवासुबिधाबाट बन्चित गर्नु हुदैन र उनी माथी न्याय गरियोस राईले भने,। उनको यसैबाट जसोतसो गुजारा चलाउदै आएको छ । अन्याय नगरियोस ।”

आफू माथी ठूलो अन्याय भएको पीडित नेपालीले बताएका छन् । उनले भने, “मेरो कुनै गल्ती थिएन, गल्ती नै गेरेको भएपनि सच्चिने अवसर नदिइ बिना जानकारी कामबाट हटाएको छ । म अपमानित भएको छु । साउन १ गतेसम्म हाजिरी भए, त्यसपछि काममा न आउनु भन्ने खबर भएपछि कार्यालय जान छोडेको उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रशाद गुरागाईले डम्बर लेपालीलाई हाजिरी नगराउनु भनेपछि आफूले काममा नआउनु भनी जानकारी दिएको कार्यालय इन्चार्ज रामसेवक चौधरीले बताए ।

०७० असार ३ गते जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरबाट करार सेवामा नियुक्ती पाएका नेपालीलाई नगरको बजेटले अनावश्यक कर्मचारीलाई धान्न नसक्ने भन्दै साउन १ गतेबाट कामकाजबाट निकालिएका हुन् ।