
सुनिल राई, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ४ बगाहामा जारी छैठौँ वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा राईटोल फुटबल क्लब प्रवेश गरेको छ ।
मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमाराईटोल फुटबल क्लबले आदर्श फुटबल क्लब (पुष्प पाटिका) लाई २-० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
खेलको सुरुवाती २ औँ मिनेटमा जर्सी नम्बर ९ का (कप्तान) लोकिन राईले गोल गर्दै राई टोललाई अग्रता दिलाएका थिए भने ३३ औँ मिनेटमा लोकिन राईले हेडिङ मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै राईटोलको अग्रता दोब्बर बनाए ।
यस खेलको म्यान अफ द म्याच राईटोल फुटबल क्लबका जर्सी नम्बर ९ का कप्तान लोकिन राई बने । उनले नगद रु ५ सय सहित फ्लेक्स र मेडल प्राप्त गरे ।
टाईटाेल फुटबल क्लबले भोलि हुने दोस्रो सेमीफाइनल खेल फर्सेट फुटबल क्लब र आयोजक बगहा युवा समूह बीचको विजेता सँग फाइनल खेल्नेछ ।
यस प्रतियोगिताको विजेताले नगद रु २५ हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले रु १५ हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।
यस प्रतियोगितामा विधागत पुरस्कार समेत वितरण गरिने आयोजकले जनाएको छ ।
