Saturday, April 18News That Matters

गणतन्त्र दिवसको अवसरमा उदयपुरमा केके कार्यत्रम भए ?

पूर्णपुष्टि, १५ जेष्ठ ।
आज नेपालमा गणतन्त्रको जन्म भएको दिन । गणतन्त्रको १८ औँ बर्षको अवसरमा देशब्यापी कार्यक्रमहरु भैरहँदा उदयपुरमा पनि विबिध कार्यक्रमहरु आयोजना गरिएको छ । आयोजक गणतन्त्र दिवस २०८२ जिल्ला स्तरीय मुल समारोह समितिले जिल्लामा विभिन्न तिन दिवसीय कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको हो । जिल्ला अस्पताल उदयपुर परिसरमा झण्डा तोलन, बृक्षा रोपन, विरामीलाई फलफुल वितरण, भगवति मन्दिर परिसरमा सरसफाई गरिएको छ । सोही कार्यक्रम अन्तरर्गत बिहिबार गाईघाट शान्तिधाममा योग कार्यक्रमको आयोजना समेत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुर, जिल्ला समन्वय समिति उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुर, शसस्त्र प्रहरी बल उदयपुर, पशुपति गण बोक्से लगायत बिभिन्न संघ संस्थाहरुको उपस्थितिमा गणतन्त्र दिवस भव्य मनाईएको छ । मुल समारोह समितिका सभापति तथा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर बहादुर विश्वकर्माले गणतन्त्र जनताको शासन गर्ने व्यवस्था रहेको जनाए । यसलाई संस्थागत र कार्यन्वयन गर्ने हो भने जनताहरुले सबै भन्दा बढी खुसी र मजा लिने व्यवस्था रहेको जनाए । सबै मिलेर गणतन्त्रको सवल पक्षहरुको प्रचार प्रसार र गणतन्त्रको आधारहरुलाई कार्यन्वयन गर्नु पर्ने उनले जनाए ।