Saturday, April 18News That Matters

गणतन्त्रको अवसरमा उदयपुरमा ब्याडमिन्टन प्रतियोगिता

पूर्णपुष्टि, १५ जेष्ठ ।
जिल्ला व्याड्मिन्टन संघ उदयपुरले गणतन्त्र दिवसको अवसर पारी ब्याडमिन्ट प्रतियोगिता गराएको छ । बिहिबार १८ औँ गणतन्त्रको अवसरमा बोक्से कवड हल स्थित जिल्ला स्तरीय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगिताको उद्घाटन जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईडेलले गर्नुभयो । प्रतियोगितामा जिल्लाको बिभिन्न पालिकाहरुबाट खेलाडीहरु उपस्थित रहेको छ । संघका अध्यक्ष कालिदास राईले प्रतियोगिताले खेलाडीहरुको सुमधुर सम्बन्ध कायम राख्नुका साथै जिल्लामा ब्याडमिन्टनको क्रेज बढाउने जनाए ।