
पूर्णपुष्टि, साउन २८
आफ्नै छारीलाई करणी गरेको भियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ४४ वर्षीय बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले पक्राउ गरेको हो ।
१६ वर्षीया किशोरीलाई गत वैशाख २ गते बुबा साउन २३ गते काकाले करणी गरेको प्रहरीले जनाएको छ । करणी गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
पिडकको पहिचान खुलाउदा पीडितको पनि पहिचान खुल्ने भएकाले दुवैको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ ।
