
पूर्णपुष्टि, माघ २
नवलपरासीमा गस्तीमा खटिरहेको सेनालाई जंगली हात्तिले आक्रमण गर्दा ज्यान गएको छ । जंगली बन्यजन्तुकै संरक्षणमा खटिने सेनाको जंगली हात्तिलेनै ज्यान लिएको हो । चितवन राष्ट्रिय निकु ञ्जमा गस्तीमा रहेका अवस्थामा ति सेनाको ज्यान लिएको जनाईएको छ । सैनिक स्रोतका अनुसार मृत्यु हुने ब्यक्तिको नाम उल्लेख गर्न नमिल्ने समेत जनाए । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका अनुसार शनिबार राति कसराको ध्रुवे पोस्ट नजिकै जंगली हात्तिले ढाडमा कुल्चिँदा सेना अमलदारको मृत्यु भएको हो ।

रात्रि गस्तीमा निस्केको सेनाको टोलीमा रहेका खडक दल गणका एक अमलदारको मृत्यु भएको हो । कसराबाट माडी जाने बाटोतर्फ गस्तीमा रहेका बेला नजिकै रहेको जंगली हात्तीले ती अमलदारको ढाडमा टेकेको र गम्भीर घाइते भएका उनको उपचारका लागि भरततर्फ लैजाँदै गर्दा मृत्यु भएको थियो ।

