Wednesday, June 24News That Matters

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

पूर्णपुष्टि, कार्तिक १४
जंगली हात्तीवको आक्रमणबाट पर्सामा एक जनाको अकालमै मृत्यु भएको छ । जिल्लाको मकवानपुर मनहरी गाउँपालिका–५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
पर्साको पटेर्वासुगौली गाउँपालिका–१ शीतलपुरस्थित खोलाको बगरमा उनलाई हात्तीले आक्रमण गरेको थियो । कात्तिक १२ गते राति १२ बजे उनलाई जंगली हात्तीले आक्रमण गरे पनि प्रहरीले ढिलो सूचना पाएको थियो । घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।