Saturday, January 31News That Matters

जग्गाको लागी बुबाको हत्या

पूर्णपुष्टि, साउन ८ । सुनसरीको देवनगंज गाउँपालिका–३ मा जग्गाको लागी छुरा प्रहार गरी बुबाको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगका अनुसार बुधबार बिहान ७ बजेको समयमा जग्गाको विषयमा विवाद हुँदा स्थानिय ४० बर्षीय मोहम्मद रियाज अंसारीले आफ्नै बुबा ६० बर्षीय सबिब अंसारीलाई छुरा प्रहार गरी हत्या गरेको हो ।

छोराको छुरा प्रहारबाट गम्भिर घाईते भएका बुबालाई तत्काल उपचारको लागी गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अंसारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही गरिरहेको प्रहरीले जनाएको छ ।