Sunday, May 31News That Matters

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

पूर्णपुष्टि, मंसिर १९
जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको तीन जनाको ज्यान गएको छ । तीनै जना ट्याक्टर दुर्घटनामा गम्भीर घाईते भएको थिए । लालझाडी गाउँपालिका–९ का ५५ वर्षीय रानि राना, ४३ वर्षीया रतना राना र ६५ वर्षीय द्रोपति रानाको उपचारका क्रममा धनगढीमा ज्यान गएको हो ।
१७ मंसिर, धनगढी। कञ्चनपुरमा जन्ती बोकेर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनका अनुसार दुर्घटनमा गम्भीर घाइते भएका रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
वेदकोट नगरपालिकाको दैजीबाट जन्ती बोकेर फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्याक्टर झलारीमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक कर्ण बोहराले बताउनुभयो ।
दुर्घटनामा चालकसहित १४ जना घाइते भएका थिए । उनीहरू मध्ये ८ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।