
पूर्णपुष्टि, मंसिर १९
नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटी अध्यक्षमा गिता खड्का (कार्की) निर्वाचित भएकीछिन् । खड्का त्रियुगा नगर समितिको आन्तरिक मतदान मार्फत नगर कमिटी चयन भएकी हुन् ।
खड्का प्रतिद्धन्दी नर बहादुर कार्कीलाई हराउँदै नगर कमिटी अध्यक्षमा निर्वाचित भएकी हुन् । खड्काले ४३ मत प्राप्त गर्दा कार्कीले भने १८ मत मात्र प्राप्त गरेका थिए । यता कमिटी ३ उपाध्यक्षमा मान वहादुर राई, सवित्रा थापा, प्रहलाद विश्वकर्मा विजयी भएका छन् ।
यस मध्ये सबै भन्दा बढी मत त्रियुगा नगरपालिका १६ नं वडाका अध्यक्ष समेत रहेका मान वहादुर राईले ल्याएका छन् । राईले उपाध्यक्ष पदमा ५१ मत ल्याउन सफल भएका हुन् । अन्य दुईजनाले प्रहलाद विश्वकर्माले ४७ र सवित्रा थापाले ४४ मत ल्याएर उपाध्यक्षमा विजयी भएका छन् ।
उपाध्यक्षका लागि निर्वाचित ३ जना सहित राम प्रसाद बराल र कमला देवी राईले प्रतिस्पर्धा गरेका थिए । निर्वाचनमा राईको २० र बरालको १८ मत मात्र आएपछि उनिहरु हारेका थिए ।
यता सचिवमा भने सर्वसहमत कुरुङराईलाई राखिएको छ ।
सहसचिवमा भने कुल बहादुर कटुवाल बिजयी भएका छन् । उनले प्रतिद्धन्दी गोपाल कट्टेललाई हराउँदै सहसचिवमा बिजयी भएका हुन् । त्यस्तै कोषाध्यक्ष पदमा मनोज पौडेल निर्वाचित भएका छन् । उनले कासि कुमार कार्की प्रतिद्धन्दीलाई हराउँदै कोषाध्यक्षमा बिजयी भएका हुन् ।
यो सँगै त्रियुगा नगर कमिटीमा ६५ सदस्यीय कार्यसमिति तय छ । यता प्रदेश प्रतिनिधि तर्फ भने सबै सर्वसहमत भएका छन् । प्रदेशमा मान वहादुर राई, विमल किराँत, सम्झना तामाङ, रुद्र अधिकारी, किरण राई, दुर्गा कार्की, सावित्रा थापा, राज कुमार थापा, केदार सुनुवार र प्रहलाद विश्वकर्मा सर्व सहमत चयन भएको निर्वाचन समितिले जनाएको छ । सहमतिको प्रयास असफल भएपछि शनिवार पार्टी कार्यालयमा निर्वाचन गराईएको थियो ।
